अनलाइन प्रशिक्षण
Menu
  • होमपेज
  • हाम्रो बारेमा
  • सम्पर्क
  • रजिस्ट्रेसन
Menu

मिथ्या सूचना: कसले के गर्ने? के नगर्ने?

मिथ्या सूचना र लोकतन्त्र मिथ्या सूचना: कसले के गर्ने? के नगर्ने?

मिथ्या सूचना व्यापक हुनबाट रोक्नु नागरिक, पत्रकार, मिडिया, राजनीतिक दल र अधिकारकर्मी सबैको कर्तव्य हो ।

मिथ्या सूचनाले दिने झुटो जानकारीले नागरिकलाई गलत निर्णय गर्न प्रेरित गर्छ ।

यसर्थ लोकतन्त्र बलियो बनाउन मिथ्या सूचनाबाट जोगिन जरुरी हुन्छ ।

व्यक्तिगत रूपमा के गर्न सकिन्छ?

  1. कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस्, प्रकाशित सामग्री मिथ्या हुन सक्छन् भनेर सचेत हुनुहोस् ।
  2. समय छ भने सामग्री सही छन् कि छैनन् भनेर परीक्षण गर्नुहोस्।
  3. शङ्कास्पद सामग्रीमा तथ्यजाँचका लागि नेपाल तथ्यजाँचलाई सुझाव दिनुहोस्।
  4. कुनै पनि सामग्री आफ्नो सोसल मिडियामा सेयर गर्न वा त्यसका सूचनाका आधारमा आफ्नो विचार राख्न हतार नगर्नुहोस् ।
  5. सोसल मिडियामा कतिपय अवस्थामा प्रयोगकर्ताले पढेका आधारमा समाचार धेरैमा देखिने हुँदा शीर्षकमा शङ्का लागेका वा गलत साइटमा प्रकाशित सामग्री पढ्न खोजेर समय खेर नफाल्नुहोस् ।
  6. सोसल मिडियामा सेयर गरिएका विचार वा सामग्री को र कति जनामा पुग्छ भन्ने कुराको अनुमान गर्न कठिन हुन्छ । यसर्थ अनावश्यक कुरा वा गलत सूचना रमाइलो वा अन्य कुनै कारणले पनि लेख्ने वा सेयर गर्ने नगर्नुहोस् ।
  7. मिथ्या समाचार हो भन्ने थाहा पाउनेबित्तिकै आफ्नो सोसल मिडियामा त्यो मिथ्या समाचार हो भनेर जानकारी गराउनुहोस् । तर यसरी जानकारी गराउँदा त्यो समाचारको लिङ्क भने नराख्नुहोस् ।
  8. कुनै पनि सामग्री सोसल मिडियामा सेयर गर्दा वा लेख्दा त्यो सामग्री सही र तथ्यपरक छ भन्ने पूर्ण विश्वस्त भएपछि मात्रै राख्नुहोस् । अलिकति पनि शङ्का छ भने कुनै पनि अवस्थामा (यो के हो भनेर सोध्नसमेत) त्यो सामग्री सेयर नगर्नुहोस् ।
  9. कुनै पनि सामग्री सेयर गरेपछि त्यसमा आएका प्रतिक्रिया हेर्नुहोस् र कसैको भनाइले शङ्का उत्पन्न गरेमा तुरुन्तै सच्याउनुहोस् । अरु कसैले सेयर गरेको सामग्री मिथ्या भएको थाहा भए कमेन्टमार्फत जानकारी गराउनुहोस् ।
  10. कुनै सामग्री मिथ्या भए त्यो प्रकाशित सोसल मिडियामा रिपोर्ट गर्न सकिन्छ । भाषागतरूपमा नेपाली भाषामा प्रकाशित सामग्रीका लागि यो त्यति उपयोगी नभए पनि गलत फोटो प्रयोग गरेको अवस्थामा उपयोगी हुन सक्छ ।

सञ्चारमाध्यमले के गर्न सक्छन्?

  • मिथ्या समाचार प्रकाशन गर्नबाट जोगिने,
  • सामग्री अनुरूप शीर्षक, तस्बिर र सोसल मिडिया पोस्ट गर्ने,
  • सञ्चारमाध्यमका प्रकाशक, सम्पादक, पत्रकार, सम्पर्क ठेगाना सहित आग्रहपूर्वाग्रहबारे स्पष्ट जानकारी दिने,
  • गल्ती भएमा पारदर्शी रूपमा सच्याउने,
  • समाचारका तत्त्व पुर्‍याउने,
  • भाषा र व्याकरण शुद्ध प्रकाशन गर्ने,
  • प्रकाशित मिति र समयको स्पष्ट जानकारी दिने,
  • तस्बिर वा उद्धृत सामग्रीहरूको स्रोत खुलाउने
  • सोसल मिडियाको सही प्रयोग गर्ने
  • मिथ्या सूचनाबारे जानकारीमूलक कुराहरू प्रकाशन गर्ने

Previous Lesson
Back to Course
Next Lesson
Category:

यो साइटमा सेन्टर फर मिडिया रिसर्च - नेपाल र सिएमआर नेपाल जर्नालिज्म एकेडेमीले तयार पारेका छोटा र निशुल्क अनलाइन कोर्सहरू उपलब्ध छन्। यी कोर्सहरू २ देखि ४ घण्टा अवधिका रहेका छन् र सबैका लागि खुला गरिएका छन्। रजिस्ट्रेसन गरेर कोर्स सम्पन्न गर्ने व्यक्तिहरूका लागि प्रमाणपत्र उपलब्ध हुनेछ।

Login
© 2025 अनलाइन प्रशिक्षण | Powered by Minimalist Blog WordPress Theme